Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

च्याउको बीउ बेचेर मासिक  रु एक लाख आम्दानी

च्याउको बीउ बेचेर मासिक  रु एक लाख आम्दानी


  • 6.3K
    Shares

    च्याउको बीउ बेचेर मासिक  रु एक लाख आम्दानी

    यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो ।

    पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।

    तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आउनुभएका उहाँले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गर्नुभएको हो । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।  उहाँका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उहाँको भनाइ छ ।

    अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।उहाँले करीब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरीद गर्नुभएको थियो । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उहाँले बताउनुभयो । 

    उहाँले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उहाँलाई पारिवारिक राम्रो सहयोग रहेको छ । उहाँले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिनुभएको छ । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरीद गरेको बताउनुभयो ।

    उहाँले ध्रुव कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा च्याउको बीउ तथा च्याउ नै उत्पादन गरी बिक्रीवितरण शुरु गर्नुभएको हो । स्वदेशमै केही गरौँ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेका उहाँले अहिले एक हजार ५०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् । रासस

     

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १३:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij