२०८२ फाल्गुण २३ गते शनिवार
हङकङको ताइपोस्थित सडकमा भ्यान पल्टिँदा दुई जना घाइते भएका छन्। चार जना सवार उक्त भ्यान सडक किनारको बारमा ठोकिएर पल्टिएको हो।
शुक्रबार दिउँसो ३ बजेतिर ताइपो रोड हुँदै सामसुइ पोतर्फ जाँदै गरेको भ्यान कामसान कन्ट्री पार्क नजिकै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। नियन्त्रण बाहिर पुगेको भ्यान धातुको बारमा ठोकियो र बीच सडकमै पल्टियो।
भ्यान दुर्घटना भएपछि त्यसमा सवार चारै जना आफैँ बाहिर निस्किएका थिए। यसमध्ये दुईजनालाई अस्पताल पठाइएको थियो।
उनीहरूको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचार भइरहेको छ। उक्त गाडी विद्युत् तथा यान्त्रिक सेवा विभागको रहेको बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij