Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अनि कांग्रेस ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएन, प्रचण्ड-माधवलाई संकटै-संकट 

अनि कांग्रेस ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएन, प्रचण्ड-माधवलाई संकटै-संकट 


  • 5.9K
    Shares

    अनि कांग्रेस ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएन, प्रचण्ड-माधवलाई संकटै-संकट 

    काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो । 

    आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल गरेका थिए । गुरुङको कार्यकक्षमा भएको छलफलपछि प्रचण्ड माधव पक्षका नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर कुराकानी गरेका थिए । 

    सिंहदरबारस्थित प्रमुख सचेतक गुरुङको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच भएको छलफलमा तत्काल अविश्वास प्रस्ताव अघि नबढाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए । 

    उनका अनुसार नेपाली काँग्रेसले अविश्वास प्रस्तावबारे क्लियर कुरा नगरेकाले तत्काललाई सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा नेतृत्व पुगेको हो ।  ‘अविश्वास प्रस्ताव अघि बढाउन काँग्रेसको साथ आवश्यक छ । तर, उसले अविश्वास प्रस्तावको पक्षमा साथ दिने वा नदिने कुनै निर्णय गर्न सकेको छैन जसले गर्दा पुर्व योजना तत्काल अघि बढाउन असमर्थ भएको हो’ ती नेताले भने, ‘अव केही दिन पर्ख र हेरकै स्थिति हुने भो ।’ 

    काँग्रेसले नेकपा कानुनी रुपमा विभाजित भएमात्रै आफ्नो धारणा क्लियर गनुपर्ने शुक्रबार बसेको दलको बैठकमा सांसदहरुले दवाव दिएका थिए । ‘निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय गरिसकेको अवस्था छैन । यस्तो अवस्थामा प्रचण्ड–माधव वा ओली कसैलाई सहयोग गर्ने-नगर्ने भन्नेमा काँग्रेसलाई हतार छैन’, काँग्रेस नेता डा. मिनेन्द्र रिजालको भनाइ छ । 

    यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठकमा नेकपाले अविश्वास प्रस्ताव लैजाँदा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम राख्नेबारे संवैधानिक खोजी भएको थियो । संवैधानिक रुपमा नेकपा नफुटी कांग्रेसको प्रधानमन्त्री हुन मिल्दैन ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १३:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij