२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपामा लफडा चर्किंदै जाँदा त्यसको असर सोझासिधा साम्सद लाई परेको छ। नेकपाको विवादमा तटस्थ रहँदै आएकी प्रतिनिधि सभाकी सांसद शान्ति पाख्रिन प्रचण्ड–नेपाल पक्षतर्फ नलागुन् भनेर सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ उनकै निवास पुगेका छन् ।
सञ्चारमन्त्री समेत रहेका ओली खेमाका साम्सद गुरुङ आज बिहान काठमाडौंको काँडाधारीस्थित पाख्रिनको निवासमै पुगेर तीन घण्टा बसेर फर्केको स्रोतले जनाएको छ । ‘मन्त्री गुरुङले सँगै जाउँ भन्नु भयो तर, सांसद पाख्रिनले मान्नु भएको छैन,’ स्रोतले भन्यो । पाख्रिन समानुपातितर्फकी सांसद हुन् ।
गुरुङ र पाख्रिन दुवै दोलखाका नेता हुन् । लामो समयदेखि ओली पक्षमा रहँदै आएकी पाख्रिन पछिल्लो विवादमा तटस्थ रहेपछि ओली पक्षले उनलाई प्रचण्ड–नेपालतर्फ जानबाट रोक्न खोजेको हो । प्रचण्ड–नेपाल पक्षका नेताहरुले भने पछिल्ला घट्नाक्रममा सांसद पाख्रिन आफ्नो पक्षमा उभिएको दाबी गर्दै आएका छन् ।
शनिबार बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा पनि पाख्रिन अनुपस्थित रहेकी थिइन् । आइतबारबाट सुरु हुने प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने तयारीबीच प्रचण्ड–नेपाल र ओली दुवै पक्षले आआफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने प्रयास गरिरहेका छन् ।
शुक्रबार प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसद सहभागी भएका थिए, जुन बहुतका लागि आवश्यक १११ जनाभन्दा बढी हो । शनिबार ओली पक्षले पनि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा ११५ जना सांसद नै सहभागी भएको दाबी गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij