२०८२ माघ ८ गते बिहिवार
डेंगु संक्रमणबाट इलाममा चार वर्षीया एक बालिकाको मृत्यु भएको छ।
रोङ गाउँपालिका–३ का ददिराम राईकी छोरी ४ वर्षीया स्निहान राईको डेंगु सङक्रमणको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
डेंगुबाट सिकिस्त बनपछि उनलाई केही दिनअघि बिएण्डसी अस्पताल बिर्तामोड झापामा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij