Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु

मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु


  • 9.3K
    Shares

    मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु

    मकवानपुर ।  वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ । 

    शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले साइकलयात्रीलाई उत्साह भर्न केही मिनेट साइकल पनि डोर्याउनुभएको थियो ।

    वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीबाट गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो । चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित १२२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो ।

    मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ । मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १३१ किलोमिटर छ । साइकलयात्राका लागि रु ११ ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - ११:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij