२०८२ भाद्र २० गते शुक्रवार
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ ।
शनिबार राति टिकौली जाँच चौकीबाट करिब तीन सय मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको बालकृष्ण खनालले जानकारी दिए ।
रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको खनालले जानकारी दिए । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij