Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता जारी

चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता जारी


  • 2.6K
    Shares

    • images
    चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता जारी
    images

    काठमाडौँ । सात बुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीबीच वार्ता जारी छ ।

    अतिरिक्त सचिव डा. विकास देवकोटासहितको पाँच सदस्यीय टोली र सङ्घका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता भइरहेको सङ्घका महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए ।

    सङ्घले आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गराएको छ । यसअघि, मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको थियो ।

    उपचारमा लापरबाही गरेको भन्दै यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो । सो घटनासँगै देशभरका चिकित्सक आन्दोलित छन् ।

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - ११:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij