Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


  • 5.3K
    Shares

    माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
    images

    मोरङ । आज बिहान मोरङको सुन्दरहरैँचामा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् ।

    सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको कार्यालयका प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

    दुर्घटनामा परेर गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बिहान १:४० बजेतिर कोशी अस्पताल विराटनगरमा मृत्यु भएको एसपी शर्माले बताए ।

    दुर्घटनामा माइक्रोका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । उनीहरूको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।  माइक्रोमा सवार १२ जना यात्रु भने सकुशल रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १०:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij