Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यस्तो छ दीपक-दीपाको सिनेमा हल, आजदेखि सञ्चालनमा आउँदै

यस्तो छ दीपक-दीपाको सिनेमा हल, आजदेखि सञ्चालनमा आउँदै


  • 4.5K
    Shares

    यस्तो छ दीपक-दीपाको सिनेमा हल, आजदेखि सञ्चालनमा आउँदै
    images

    कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले चलचित्र हल सञ्चालनमा ल्याएका छन्। 

    नयाँबानेश्वरस्थित उक्त  ‘आइएनआई सिनेमाज्’को शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे।

    हल १० करोड रुपैयाँमा बनेको हो। साउन्ड सिस्टमसहित यसमा अत्याधुनिक प्रविधि राखिएको सञ्चालकले जनाएका छन्। 

    चलचित्र निर्माता तथा निर्देशकसमेत रहेका दीपक-दीपा र निर्मलले सञ्चालनमा ल्याएको यस हलमा २ पर्दा छन्। दुवैमा २१० र १७७ सिट रहेका छन्। चलचित्र निर्माताबाट हल मालिक बनेका दीपक नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने बताए। 

    अहिले नेपाली चलचित्रले पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत  सेयर पाउँछन्। आइएनआईले नेपाली चलचित्रलाई सिधै ५० प्रतिशत नै सेयर दिने भएको छ। 

    दीपकले नेपाली चलचित्रलाई आफ्नो हलमा प्राथमिकता दिने घोषणा गरे। यो हलमा शुक्रबारदेखि नै चलचित्र प्रदर्शनमा आएका छन्। 

    dipak.jpg

    प्रकाशित मिति :भाद्र २९ २०८० शुक्रवार - १२:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij