२०८२ फाल्गुण २३ गते शनिवार
भारतको कश्मिरस्थित अनन्तनागमा चार दिनदेखि चरमपन्थी र सुरक्षाकर्मीबीच भिडन्त जारी छ। अनन्तनागको गडुल कोकेरनागमा चौथे दिन शुक्रबार पनि बिहानैदेखि भिडन्त चलिरहेको छ।
बिहीबार चरमपन्थीको गोली लागेर एकजना जवान घाइते भएका थिए। समाचार अनुसार घाइते ती जवानको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार दुईदेखि तीनजना चरमपन्थीको समूह राजौरीसम्म फैलिएको पिर पञ्जालको घना जंगलमा लुकेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij