Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बालिकाको हत्या : बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने

बालिकाको हत्या : बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने


  • 10.8K
    Shares

    बालिकाको हत्या : बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने
    images

    महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

    बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म आजदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए ।

    निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन् । तर पूर्व-पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन् ।

    बर्दिबास-१४ का शहील आलमकी ६ वर्षीया छोरी गुलाबको हत्या भएको थियो। आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

    हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् । वैशाखमा भएको हत्यामा पक्राउ परेका उनले एक लाख धरौटीमा छुटेको केही दिनमा नै बालिका हत्या गरेको थाहा पाएपछि स्थानीय अक्रोशित छन् । उनीहरुले साहको घरमा आगजनीसमेत गरेका थिए ।

    प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका-१ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

     

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - ११:३७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij