Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बिप्लवलाई राजनीतिक पौडी खेल्न आउँछ भन्दै ओलीले यसरी फुर्क्याए, प्रचण्डलाई कसले हान्दैछ बाँकटे !

बिप्लवलाई राजनीतिक पौडी खेल्न आउँछ भन्दै ओलीले यसरी फुर्क्याए, प्रचण्डलाई कसले हान्दैछ बाँकटे !


  • 9.5K
    Shares

    बिप्लवलाई राजनीतिक पौडी खेल्न आउँछ भन्दै ओलीले यसरी फुर्क्याए, प्रचण्डलाई कसले हान्दैछ बाँकटे !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताएका छन् । उनले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे । र अहिलेको राजनीतिक पोखरीमा विप्लबलाई पौडी खेल्न मज्जाले आउछ भन्दै ओलीले विप्लबलाई उचालेर प्रचण्डलाई तर्साउने संकेत समेत गरेका छन्।

    विप्लव समूहसँग सरकारले गरेको तीन बुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

    उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको प्यारामिटरमा अगाडि देखिएको सन्दर्भ उनले प्रस्तुत गरे ।

    ‘राष्ट्रसंघको शान्ति प्यारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्‍यो भने के भन्ला ?’ कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए ।

    ‘म विप्लवजीलाई बधाइ दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिँडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’

    ओलीले १०र१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा गरे ।

    ‘हामीबीच त्यो बेला एकरडेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो,’ ओलीले भने ।

    सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १६:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij