Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपाली कांग्रेस(बीपी)का सभापतिलाई हृदयघात, उपचारपछि स्वास्थ्यमा सुधार

नेपाली कांग्रेस(बीपी)का सभापतिलाई हृदयघात, उपचारपछि स्वास्थ्यमा सुधार


  • 6.6K
    Shares

    नेपाली कांग्रेस(बीपी)का सभापतिलाई हृदयघात,  उपचारपछि स्वास्थ्यमा सुधार

    काठमाडौं । नेपाली काँग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिबोल भट्टराईलाई हृदयाघात भएको छ ।  सभापति हरिबोल भट्टराईको स्वास्थ्यवस्थामा अवस्थमा  सुधार आएको छ ।

    घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो । 

    नर्भिकमा नेता भट्टराईको डा.जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो ।  सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १६:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij