Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

ओलीको मेजमानी पाएपछि सर्लक्कै हौसिएका बिप्लवले खुसी हुँदै यसरी दिए साबिती बयान 

ओलीको मेजमानी पाएपछि सर्लक्कै हौसिएका बिप्लवले खुसी हुँदै यसरी दिए साबिती बयान 


  • 6.7K
    Shares

    ओलीको मेजमानी पाएपछि सर्लक्कै हौसिएका बिप्लवले खुसी हुँदै यसरी दिए साबिती बयान 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुने भन्दै खुशी व्यक्त गरेका छन् । नवलपरासी बाट आजै राजधानी आएर प्रधानमन्त्री ओली संगै खाना खाँदै कार्यक्रम स्थल पुगेका विप्लब हौसिएका छन्। 

    सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले छिट्टै मुक्त आकाशमा मिलन हुने विश्वास व्यक्त गरे ।

    "अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि हुनुहुन्छ । कमरेड कञ्चन छुटेर संयोगले यहाँ आउनुभएको छ । म उहाँलाई स्वागत पनि गर्न चाहन्छु," विप्लवले भने, "हाम्रा साथीहरू छुट्नुहुनेछ, अनि हामी मुक्त आकाशमा मिलन हुनेछौं । यसबाट सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको महशुस भएको छ ।"

    करीब ३ वर्षको भूमिगत राजनीतिपछि विप्लव शुक्रवारबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् । समारोहमा  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १५:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij