Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

असली नेकपा कसको ? संसद बैठक बोलाएकै दिन फैसला सुनाउन अदालतले किन जुरायो साईत ?

असली नेकपा कसको ? संसद बैठक बोलाएकै दिन फैसला सुनाउन अदालतले किन जुरायो साईत ?


  • 6.0K
    Shares

    असली नेकपा कसको ? संसद बैठक बोलाएकै दिन फैसला सुनाउन अदालतले किन जुरायो साईत ?
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपालाई निर्वाचन आयोगले दिएको नामविरुद्ध ऋषिराम कट्टेल सर्वोच्च अदालत पुगेका थिए। सोही मुद्दामा सर्वोच्चले फैसला सुनाउन लागेको हो । 

    उनले आयोगमा पहिले नै दर्ता भएको आफ्नो पार्टीको नाम अरुलाई दिइएको जिकीर गरेका छन्। करिब तीन वर्षमा दुवै पक्षको बहस सुनेर सर्वोच्च अदालतले २० फागुनमा निर्णय सुनाउने बताएको थियो ।

    फागुन १३ गते बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै  २० गते निर्णय सुनाउने मिति तोकेको थियो। तर, उक्त दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा गरिएपछि फैसला २३ फागुनलाई सरेको हो ।

    सोही दिन दिउँसो ४ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि सत्तारुढ नेकपामा पनि नाम विवाद छ। पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्ष र प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आधिकारिक नेकपा आफू भएको दाबी गर्दै आएका छन् । 

    नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए । 

    सर्वोच्चले अब २३ गते नेकपा नाम कसको हुने भन्ने फैसला गर्नेछ । सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ ।

    यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो । सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको थियो। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो ।  

    कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए ।

    आयोगले सोही वर्षको कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो । आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १५:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij