Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा


  • 6.3K
    Shares

    काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा
    images

    काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उम्मेदवार भोछिभोयाले व्यवसायलाई टेवा दिने र सुरक्षाको प्रत्याभूति दिने र व्यावसायिक वातावरण बनाउने भूमिकामा सहयोग गर्ने प्रतिबद्धताका साथ आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

    अध्यक्षका अर्का उम्मेदवार पसछेले उद्योगी व्यवसायीको हकहितका लागि अहिलेको भन्दाबढी सेवा र सहयोग गर्नुका साथै जिल्लाभित्रका नगर÷गाउँपालिकास्तरमा गठन भएका उद्योग वाणिज्य सङ्घलाई समन्वय एवं सहकार्यका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । दुई समूहबीच हुने प्रतिस्पर्धामा छुट्टाछुट्टै प्यानलमा परेकामध्ये वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, मुख्य संयोजक पदमा राजेशकुमार श्रेष्ठ, सचिवमा यशकुमार रञ्जित, महिला सदस्य पदमा इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा वैद्य, क्षेत्रगत सदस्यमा दाप्चा क्षेत्रबाट सुरेन्द्र शुद्धाकार, बनेपा क्षेत्रबाट सुमन चौ प्रधान र एशोसिएटबाट साजन शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् । 

    सङ्घको महासचिव पदमा भोछिभोयाको समूहबाट विकास शर्मा तिमल्सिना र पसछेको समूहबाट रविन्द्र बैदारको प्रतिस्पर्धा हुने भएको छ । सङ्घमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, मुख्या संयोजक, सह मुख्य संयोजकसहित खुला सदस्यमा १० जना, महिला सदस्य दुई जना र क्षेत्रगत सदस्य १० जना र पदेन सदस्य गरी जम्मा ४१ सदस्य रहने व्यवस्था छ ।  काभ्रे उद्योग वाणिज्य सङ्घमा एक हजार १९५ सदस्य छन् । रासस

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १५:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij