Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

तौल घटाउनका लागि यसरी पिउनुहोस् कफी

तौल घटाउनका लागि यसरी पिउनुहोस् कफी


  • 4.0K
    Shares

    • images
    तौल घटाउनका लागि यसरी पिउनुहोस्  कफी
    images

    कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट्सले तौल घटाउनुका साथै मेटाबोलिजमलाई पनि बढाउँछ ।

    कफी पिउँदा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ । त्यसैले पनि तपाईंलाई के खाऊँ, के खाऊँ जस्तो हुँदैन । तौल कम गर्नका लागि दूध हालेर नभई चार प्रकारको कफी बनाएर पिउन सक्नुहुन्छ । यसबारे जानकारी लिन एक भारतीय सञ्चार माध्यमले भारतको फिट क्लिनिककी डायटिसियन सुमनसँग कुराकानी गरेको छ ।

    दालचिनी कफी

    तौल कम गर्नका लागि ब्ल्याक कफीमा दालचिनी हालेर पिउन सक्नुहुन्छ । दालचिनीमा भएको एन्टिअक्सिडेन्टले मेटाबोलिजमलाई बढाउँछ र तौल कम गर्न मद्दत गर्छ । यो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन र प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । 

    कागती हालेको कफी

    तौल कम गर्नका लागि कागती मिसाएको कफी एक उत्कृष्ट विकल्प हो । यो कफीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै शरीरको प्रतिरोधी क्षमता बढाउँछ । यो कफीमा पाइने तत्त्व क्याफिन, सिट्रिक एसिड र भिटामिन सीले तौल घटाउन मद्दत गर्छ । यो कफीले मेटाबोलिजमलाई पनि बढाउँछ । यो कफी बनाउनका लागि १ कप कफीमा आधा चम्चा कागतीको रसलाई कपमा हाल्नुहोस् । यति गरेपछि तपाईंको कागती कफी तयार हुन्छ । 

    ब्ल्याक कफी

    तौल कम गर्नका लागि ब्ल्याक कफी पिउन सकिन्छ । ब्ल्याक कफी पिउँदा मेटाबोलिक रेट तेज हुन्छ । त्यसैले तौल घट्छ र पेटको बोसो पनि कम हुन्छ । ब्ल्याक कफीले तपाईंलाई ऊर्जावान् राख्छ र शरीरलाई स्वस्थ पनि राख्छ । यसको स्वाद बढाउनका लागि यसमा एक चुट्की जाइफलको पाउडर पनि मिसाउन सक्नुहुन्छ । 

    डार्क चकलेट कफी

    तौल कम गर्न चाहने धेरै मानिस यस्तो कफी पिउन डराउँछन् । तर स्मरण रहोस्, मोनोअनस्याचुरेटेड फ्याटी एसिडले मेटाबोलिजमलाई तेज बनाउँछ । त्यसैले तौल तीव्र रूपमा घट्छ । यस्तो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल कम हुन्छ । 

    तौल कम गर्नका लागि तपाईंले यी कफी पिउन सक्नुहुन्छ । तर यदि तपाईंलाई कुनै रोग वा एलर्जीको समस्या छ भने यो खानुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् । 

    प्रकाशित मिति :भाद्र २४ २०८० आइतवार - १२:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij