Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

प्रचण्ड-माधवले नेकपा संसदीय दल विभाजन गर्ने गरे निर्णय, ओलीले विप्लब संग गरे यस्तो सहमति 

प्रचण्ड-माधवले नेकपा संसदीय दल विभाजन गर्ने गरे निर्णय, ओलीले विप्लब संग गरे यस्तो सहमति 


  • 6.7K
    Shares

    प्रचण्ड-माधवले नेकपा संसदीय दल विभाजन गर्ने गरे निर्णय, ओलीले विप्लब संग गरे यस्तो सहमति 
    images

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई पुनः चयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि बसेको सो पक्षको बैठकले एकपटक दाहाललाई नेता चयन गरिसकेको थियो ।

    आज फेरि झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयनको एजेण्डा ल्याइएको छ । नेकपा कानुनी रुपमा विभाजित नभएको र दलको नेता केपी ओली नै रहेकाले प्रचण्डलाई पुनः दलको नेता चयन गरेर औपचारिक रुपमा दल विभाजनको प्रक्रियामा जान लागिएको प्रचण्ड माधव पक्षका नेताहरुले बताएका छन् ।

    दल विभाजनको प्रक्रिया टुंगिएपछि संघीय संसद सचिवालयलाई जानकारी दिने तयारी छ । दलका नेता केपी ओलीले शनिवार प्रचण्ड माधव पक्षलाई समेत दलको बैठकमा बोलाएका छन् ।

    सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको छ। शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

    सरकार र नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको थियो।

    दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

    सोही सहमतिको विस्तृत विवरण आज हस्ताक्षरका साथ सार्वजनिक गरिएको हो।

    यस्ता छन् सहमतिका तीन बुँदा

    १) दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत

    २) सबै क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति

    ३) सरकारले लगाएको प्रतिबन्ध हटाउन र बन्दी रिहाइ र सबै मुद्दा खारेज गर्न सहमति

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १५:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij