२०८२ भाद्र २७ गते शुक्रवार
चर्च अफ साइन्टोलोजीका पूर्व सदस्य रहेका तीन महिलाले मास्टरसनमाथि सन् २००१ र २००३ बीच आफ्नो हलिउड हिल्सको घरमा बलात्कार गरेको आरोप लगाएका थिए । यसअघि जुन २०२३ मा यस मुद्दाको सुनुवाइपछि प्रहरीले ड्यानी मास्टरसनलाई हिरासतमा लिएको थियो। पीडितहरूले मास्टरसनलाई आफ्नो पेय पदार्थ मिसाएर बलात्कार गरेको आरोप लगाए। यसै क्रममा अभिनेताका वकिलले भने अभिनेता र महिलाबीचको सबै कुरा सहमतिमा भएको दाबी गरेका थिए ।
सन् २००१ र २००३ को बीचमा जब मास्टरसनले यी अपराधहरू गरे, उनको टिभी शो ‘द ७० को शो’ प्रसारण हुन्थ्यो । यो अमेरिकाको चर्चित टिभी शो मध्ये एक थियो जसमा एश्टन कुचर र मिला कुनिसजस्ता चर्चित हलिउड कलाकारहरू पनि देखिएका थिए। यस शो बाहेक ड्यानीले ‘मेन एट वर्क’ र ‘द र्यान्च’ नामक टिभी शोहरू पनि गरे। २०११ मा ड्यानीले अभिनेत्री र मोडेल बिजोउ फिलिप्ससँग विवाह गरेका थिए ।दुवैको एक छोरी पनि छिन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij