२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । रुपन्देहीको मोतिपुर बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यास गर्न गएका अर्थमन्त्री विष्णु पौडेल लक्षित ढुंगा प्रहार भएको छ । विवादित कार्यक्रम अघि बढाएको भन्दै गाडी लक्षित ढुंगा प्रहार भएको हो ।
अहिले स्थानीयले नाराबाजी गर्दै तनावको स्थिति भइरहेको छ । केही प्रहरीहरू घाइते भएका छन् । पौडेल हिजो मात्र माधव नेपाललाई सत्तोसराप गर्दै संसद पुनस्थापना पछि सार्बजनिक रुपमा बोलेका थिए।
अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको थियो ।
स्थानीयले हिजो दिउँसो भत्काएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्च र शिलालेख स्तम्भ भत्काएका थिए ।
बिहीबार दिउँसो पुगेको समूहले आयोजनाका कर्मचारी तथा मञ्च निर्माण गरि रहेका कामदार माथी हुलहुज्जत गरि कार्यक्रमका लागि तयार गरिएको टेण्ट भत्काएको आयोजनाले जनाएको छ । करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरिएको उक्त करिडोरमा झण्डै ३ सय घर परिवार प्रभावित भएको पीडित मध्येका बाबुराम घिमिरेले बताए । उनले भने "अहिले सुरक्षाकर्मी लिएर शिलान्यास त गरिएला तर हामीलाई घरवार विहीन बनाएर उद्योग कसरी चल्न सक्ला त्यो पनि हामीले हेर्ने छौँ ।"
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij