Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

भाडाको फ्ल्याटमा विप्लब समुहको चल्यो गन्थन, ओली संग भेटेर कसरी गर्दैछन् बिचार मन्थन ?

भाडाको फ्ल्याटमा विप्लब समुहको चल्यो गन्थन, ओली संग भेटेर कसरी गर्दैछन् बिचार मन्थन ?


  • 7.1K
    Shares

    भाडाको फ्ल्याटमा विप्लब समुहको चल्यो गन्थन, ओली संग भेटेर कसरी गर्दैछन् बिचार मन्थन ?
    images

    काठमाडौं । राजधानी प्रवेश गरे संगै विप्लब कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन् । पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज दुई बजेको कार्यक्रमवारे बिहान बालुवाटारमा प्रधानमन्त्रीसङ्ग भेटेर छलफल गरेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायतका नेताहरुलाई भेट्न विप्लव लाजिम्पाट गएको बताइएको छ । त्यहाँको यौटा फ्ल्याट बिप्लव समूहले भाडामा लिएको छ । त्यहाँ केहि समय आन्तरिक छलफल गरेर सिधै कार्यक्रमस्थल सभागृह जाने या प्रधानमन्त्री निवास बालुवाटार जाने निश्चित नभएको सो पार्टीको उच्च तहका एक नेताले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह०का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । 

    विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् ।  विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

    राष्ट्रियसभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।  बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १३:५६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij