Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह

काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह


  • 6.0K
    Shares

    काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
    images

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

    सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताउनुभयो । फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास गर्यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पार्नुभयो । उहाँ पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्राद्धञ्जलि सभामा भाग लिनका लागि बारा आउनुभएको हो । रासस

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १३:०९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij