Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

आज काठमाडौंका यी स्थानमा बत्ती जाने

आज काठमाडौंका यी स्थानमा बत्ती जाने


  • 5.7K
    Shares

    आज काठमाडौंका यी स्थानमा बत्ती जाने
    images

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बत्र्री जाने भएको हो । 

    प्राधिकरणका अनुसार बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने भएको हो । 

    यस्तै बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जाने भएको हो । पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले बिजुलीको लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।  

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij