Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

काभ्रेबाट छुटे ‘विप्लव’ समूहका नेता धर्मेन्द्र वास्तोला

काभ्रेबाट छुटे ‘विप्लव’ समूहका नेता धर्मेन्द्र वास्तोला


  • 6.0K
    Shares

    काभ्रेबाट छुटे ‘विप्लव’ समूहका नेता धर्मेन्द्र वास्तोला
    images

    काठमाडौं । सरकारसँग भएको वार्तापछि तीन बुँदे सहमति भएसँगै जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ता रिहा हुन थालेका छन् ।

    सोही क्रममा काभ्रेबाट नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

    आगजनी तथा संगठित अपराध मुद्दामा ११ दिनदेखि काभ्रेमा बन्दी रहेका बाँस्तोलालाई श्रीमती हिमा बास्तोलाको जिम्मा लगाइएको प्रहरीले बताएको छ । उनलाई २९ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो ।

    बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले ‘विप्लव’को पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । बिहीबार साँझ नै गृहमन्त्रालयले शुक्रबारसम्म सबै नेता कार्यकर्तालाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो । तत्कल हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाडिने र विस्तारै जेलमा रहेकालाई मुक्त गरिने प्रहरीले जनाएको  छ। 

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij