Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै


  • 6.3K
    Shares

    दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै
    images

    काठमाडौं । दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन् । 

    बिहीबार दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको थियो । 

    प्रमुख सचेतक देव गुरुङ, नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र सांसद जीवनराम श्रेष्ठले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर ओलीलाई संसदीय दलको नेताबाट हटाइएको बारे जानकारी गराएका हुन् ।

    यस्तै उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी, ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद् महेश बस्नेतलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । 

    उपनेता नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन पनि निर्देशन दिइएको छ । 

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij