Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

चिनियाँ गिरोहको आपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

चिनियाँ गिरोहको आपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म


  • 2.1K
    Shares

    चिनियाँ गिरोहको आपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

    काठमाडौं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । 

    गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै आएको पाइएको हो ।

    पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुयाएको पुष्टि भइसकेको छ । 

    पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ, प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने । उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् ।

    यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन् । त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन् । प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् ।

    त्यसैगरी आव २०७८/७९ मा १३ र २०७७/७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन् । उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन् । 

    – यो समाचार नागरिक दैनिकमा छ ।

    प्रकाशित मिति :भाद्र १५ २०८० शुक्रवार - ०६:५८:१२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij