२०८२ कार्तिक १५ गते शनिवार
केही दिन अघि मात्र भारतमा उपचार गराएर फर्किएका पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष बाबुराम भट्टराई उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका छन् ।
सर्बोच्चको फैसला पछि फागुन २३ गते बस्ने प्रतिनिधिसभाको वैठकमा भाग लिन भट्टराईले बानेश्वरस्थित सिभिल अस्पताल पुगेर कोभिड–१९ विरुद्धको खोप लगाएका थिए ।
भट्टराईलाई जिउ दुख्ने, ज्वरो आउने समस्या खोप लगाएपछि बढ्दै आएको थियो ।
हिजो बेलुकादेखि आएको ज्वरो बढेर १०४ डिग्री फरेनहाइसम्म तापक्रम बढेपछि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन् ।
जसपा नेता तथा भट्टराईका निकट सहयोगी गंगा श्रेष्ठले भट्टराई भर्खरै अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij