Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ललितपुर वडा नं. १ मा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण

ललितपुर वडा नं. १ मा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण


  • 3.8K
    Shares

    • images
    ललितपुर वडा नं. १ मा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण
    images

    ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडावासीहरुको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयहरुलाई समेटी डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण कार्यको थालनी गरेको छ ।

    आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मधुकर मणी आचार्यका अनुसार यस स्वास्थ्य प्रोफाइलले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, ५ वर्ष मुनीका शिशुको विवरण संकलन गर्नुका साथै समग्र वडाको स्वास्थ्य अवस्था चित्रण गर्न सकिने जनाएको छ । 

    ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारले विशेष गरी ६८ वर्षमाथिका जेष्ठ वडावासीहरुलाई निमोनिया विरुद्धको खोप सुनिश्चित गर्न, बालबालिकामा खोप, पोषणको अवस्था पत्ता लगाउन, सुत्केरी र गर्भवती महिलाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रम सफल पार्नको लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।

    स्वास्थ्य संयोजक समेत रहनु भएका वडा सदस्य कृष्ण महर्जनले पहिलो चरणमा स्वास्थ्य स्वयम्सेवकीकाहरुले स्थायी बासिन्दा, बहालमा बस्ने परिवार र व्यवसायीहरुको घरमा सर्भे गर्नेछ ।  यस लगतै चिकित्सक सहित स्वास्थ्यकर्मीबाट घरदैलो स्क्रीनिङ्ग सेवा सुरु गरिने भएको छ । 

    डिजिटल स्वास्थ्य प्रोफाइलको सफ्टवेयर निमार्ण, सर्वेक्षण व्यवस्थापन लगायतका प्राविधिक कार्यको जिम्मेवारी क्रिजम्याटिक डिजिटल सोलुसन प्रा.लि. ले लिएको छ ।

    स्वास्थ्य सेवाको भावी कार्ययोजना बनाउनको साथै स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्नको लागि वडाले विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

    टेकु अस्पतालको सुलभ दररेटमा दैनिक ल्याब सेवा सञ्चालन गर्दा ललितपुर महानगरपालिका १ वडावासी मात्र नभई छिमेकी वडा र काठमाडौं महानगरपालिकाका वासिन्दाहरुले समेत लाभ लिन थालेका छन् ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - ११:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij