Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

बेपत्ता भएका ओलीका मन्त्री माधव नेपाललाई धारेहात लगाउंदै र सत्तोसराप गर्दै यसरी भए प्रकट  

बेपत्ता भएका ओलीका मन्त्री माधव नेपाललाई धारेहात लगाउंदै र सत्तोसराप गर्दै यसरी भए प्रकट  


  • 8.4K
    Shares

    बेपत्ता भएका ओलीका मन्त्री माधव नेपाललाई धारेहात लगाउंदै र सत्तोसराप गर्दै यसरी भए प्रकट  
    images

    काठमाडौं । ओली नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्रतिनिधिसभा पुनस्र्थापना भएको नवौं दिनमा बल्ल आज मुख खोलेका छन् । संसद पुनस्र्थापनापछि उनी मौन थिए । उनी नेकपामा एकता गराउन वार्तामा लागेका कारण ९ दिनसम्म केही पनि बोलेका थिएनन् । तर नवौं दिनमा उनले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् ।

    बिहीबार बुटवलमा महासचिव पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले नेतृत्व गरेको सरकार नै अब बाँकी २ बर्षसम्म टिक्ने घोषणा गरेका छन् । ओलीलाई सरकारबाट हटाउन गरिएका क्रियाकलाप निरर्थक हुने र बाँकी दुई वर्ष पनि ओलीकै नेतृत्वमा सरकार हुने दाबी उनले गरेका छन् । ओली सरकार हटाउने प्रयास निरर्थक हुने उनले बताएका छन् ।

    ‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत रहेका उनले दाबी गरेका छन् ।  तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पार्टीलाई पुर्याएकाले अहिले उनलाई पार्टी पहिलो बनेकोमा चित्त नबुझेको आरोप पौडेलले लगाएका छन् । माधव नेपालले १५ बर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, पौडेलले भने, तेस्रो भएको पार्टीलाई पहिलोे भएको माधव नेपाललाई चित्त बुझेन । र, विभाजन गर्ने काम गर्नुभयो । माधव नेपालकै कारण २०५४ मा पार्टी विभाजन भएको पौडेलले आरोप लगाएका हुन्।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १५:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij