२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । यही फागुन १४ गते राति मस्तिष्काघात भएर अस्पताल भर्ना भएका जोशीको अहिलेसम्म होस् भने आएको छैन ।
निकै जोखिमपूर्ण अवस्थामा अप्रेसन गरिएका जोशीलाई त्यसयता भेन्टिलेटर सर्पोटमा राखिँदै आएको थियो । जोशीको उपचारमा संलग्न डा. राजीव झाका अनुसार श्वासप्रश्वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij