२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न भएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रम ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गर्दै सम्पन्न भएको हो ।
कार्यक्रममा गीत, सङ्गीत, हास्यब्यङ्ग्य, देशका ख्यातिप्राप्त व्यक्तित्वहरू आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणादायी विचारहरू व्यक्त गरेका थिए ।
मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।
कार्यक्रममा गायकहरू नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठलगायतको प्रस्तुति रहेको कार्यक्रमका संयोजक राजु टण्डन बताए । करिब पाँच हजार विद्यार्थी तथा युवाहरूको कार्यक्रममा सहभागिता रहेको संयोजक टण्डले जानकारी दिए ।
केवाइसी युवा विद्यार्थीहरूलाई मोटिभेटर इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर ख्यातिप्राप्त व्यक्तिहरूको सफलताको कथा युुवासम्म पुर्याउनु, नेपाली उत्पादनको प्रवद्र्धन गर्नु, नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरूलाई विदेश पलायन हुनुबाट रोक्नु उक्त कार्यक्रमको उद्देश्य रहेको उनले बताए । हरेक बर्ष आयोजना हुँदै आएको सो कार्यक्रम केवाइसीको चौथो श्रृङ्खला हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij