Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय


  • 1.9K
    Shares

    उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।

    रास्वपा सांसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने बताए । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समिति मध्ये रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।

    उनले भने ,‘हामीले तीन जना सदस्य रहेको समिति सभापतिमा उम्मेदवार दिने छौं । उद्योग समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँछौ ।’ 

    समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डामा रास्वपा र राप्रपा समेटिएको छैन । उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।

    सत्ता र प्रतिपक्षको समर्थनमा उम्मेदवार बनेका खानसँग रास्वपाका पराजुलीले प्रतिस्पर्धा गर्ने छन् । संसदीय समिति सभापतिहरुका लागि आज मनोनयनको समय तोकिएको छ ।

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ११:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij