Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओलीका चटके मन्त्रीले देखाए दरिद्रता, कवाडी सामानमा यसरी काढे र्याल 

ओलीका चटके मन्त्रीले देखाए दरिद्रता, कवाडी सामानमा यसरी काढे र्याल 


  • 8.4K
    Shares

    ओलीका चटके मन्त्रीले देखाए दरिद्रता, कवाडी सामानमा यसरी काढे र्याल 

    काठमाडौं । सत्ता बहिर्गमनको संघारमा पुगेको सरकारका ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत् प्राधिकरण मातहतका निर्माणाधीन विभिन्‍न जलविद्युत् आयोजनाहरुको कवाडी सामानमा पनि आँखा लगाउन थालेका छन् । 

    उनले निर्माणाधीन रसुवागढी (१११ मेगावाट)को आयोजनाको करिब ८० टन कवाडी (विशेष गरेर फलाम, तामाका तार आदि) पौरखी निर्माण सेवालाई दिलाउन तोक आदेश दिएका छन् । हेर्नलाई कवाडी भनिए पनि यस्ता सामानको मूल्य करोडौं रुपैयाँ हुने गर्छ । ‘अब हुँदाहुँदा मन्त्रीले कवाडीमा पनि आँखा लगाउन थाले,’ प्राधिकरणका एक अधिकारीले भने । 

    सरकारको कुनै टुंगो नभएको भन्दै ऊर्जा मन्त्री आफैले अध्यक्षता गरेको प्राधिकरण सञ्चालक समितिले १३५ मेगावाटको मनाङ-मस्र्याङ्दी जलविद्युत् आयोजनाको पीपीएसम्बन्धी निर्णय हिजो मंगलबार बसेको बैठकबाट टुंगो लगाएका थिए । यो पीपीए प्रकरणमा बालुवाटरको पनि संलग्नता छ । यस्ता प्रकरणले सरकारका मन्त्रीहरुको ध्यान केमा रहेछ भन्ने पनि उजागर गरेको छ ।

    मन्त्री रायमाझीको तोक आदेशअनुसार ऊर्जा मन्त्रालयले गत माघ १९ गते कवाडी सामान पौरखी निर्माण सेवालाई उठाउन दिने सम्बन्धमा विद्युत् प्राधिकरणलाई ‘आवश्यक कारबाहीका लागि’ भन्दै पत्राचार गरेको थियो । मन्त्रालयको पत्रउपर प्राधिकरणले कारबाही गर्दै माघ २९ गते रसुवागढी जलविद्युत आयोजनालाई पत्राचार गरेको स्रोतले बतायो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले एक साताअघि ‘आका गर्न’ (आवश्यक कारबाही गर्न) तोक लगाएका थिए ।

    मन्त्रालयले निवेदकको निवेदन संलग्‍न गरी प्राधिकरणमा पत्राचार गरेको हो । निवेदकले अर्को एक कम्पनीसँग संयुक्त उपक्रम खडा गरी आयोजनाको सम्पूर्ण कवाडी उठाइदिने प्रस्ताव गरेको छ ।

    प्राधिकरण र उसको सहायक कम्पनी अन्तर्गत सञ्चालित तथा सम्पन्न भइसकेका आयोजनाहरुमा रहेका कबाडी सामानमा स्थानीय ठेकेदार, निर्माण व्यवसायीदेखि काठमाडौंका ठूला ठेकेदारको चासो रहँदै आएको छ । २०६५ मा सञ्चालनमा आएको मध्यमस्र्याङ्दीको कबाडी सामान उठाउने क्रममा स्थानीय वासिन्दा, ठेकेदार र एजेन्टहरुबीच विवाद भई गोली नै चलाउनु परेको थियो ।

    रसुवागढी आयोजना स्रोतका अनुसार निर्माणको अन्तिम चरण (करिब ८० प्रतिशत सम्पन्न) भइसकेको आयोजनामा कबाडीको विवाद अगाडि आयो भने बाँकी काममा स्थानीय ठूलो अवरोध हुनेछ । स्थानीय ठेकेदार, जनप्रतिनिधिहरुले पनि रसुवागढीको कबाडीमा आँखा लगाउँदै आएका छन् ।

    प्राधिकरण र चिलिमेको ५१ प्रतिशत शेयर रहेको रसुवागढी जलविद्युत् अर्धसरकारी कम्पनी हो । सञ्चयकर्ता, सर्वसाधरण, कर्मचारी सञ्‍चय कोषका कर्मचारी, आयोजना प्रभावित स्थानीय वासिन्दा शेयर लगानीकर्ता कम्पनीका कर्मचारीको शेयर रहेको रसुवागढीको कबाडीमा ऊर्जा मन्त्रीको आँखा पर्नु दुर्भाग्य भएको प्राधिकरण कर्मचारी बताउँछन् ।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १२:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij