Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब २५० रुपैयाँमा टिभी हेर्न मिल्ने, सशुल्क च्यानललाई कति ?

अब २५० रुपैयाँमा टिभी हेर्न मिल्ने, सशुल्क च्यानललाई कति ?


  • 3.3K
    Shares

    अब २५० रुपैयाँमा टिभी हेर्न मिल्ने, सशुल्क च्यानललाई कति ?

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आला कार्ट प्रणाली लागु गर्दै टेलिभिजनको न्यूनतम प्याकेज र सशुल्क टिभी च्यानलको मूल्य सार्वजनिक गरेको छ ।

    मन्त्रालयले भदौ ७ गतेको मन्त्रीस्तरीय निर्णय सार्वजनिक गर्दै निःशुल्क टिभी च्यानलहरू हेर्न न्यूनतम शुल्क २५० रुपैयाँ तोकेको हो ।

    मन्त्रालयले एक सूचना जारी गर्दै सशुल्क च्यानलहरूका लागि नयाँ बुके मूल्य निर्धारण गरेको छ । मन्त्रालयले यसअघि तोकेको बुके मूल्य ४० रुपैयाँभन्दा फरक अहिले च्यानलअनुसार कायम गरेको छ ।

    मन्त्रालयले यसअघि आला कार्ट प्रणाली नमान्ने विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी गरेको थियो । त्यसपछि सम्पर्कमा आएका च्यानलहरूका लागि मन्त्रालयले अहिले नयाँ बुके मूल्य सार्वजनिक गरेको हो ।

    सशुल्क कुन च्यानलको कति छ मूल्य ?
    मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार स्टार इन्डिया प्रालिको सम्पूर्ण पेटिभी च्यानल तथा बुकेको मूल्य प्रतिग्राहक प्रतिमहिना अधिकतम ६५ रुपैयाँ तोकिएको छ ।

    यस्तै, सोनी पिक्चर्स नेटवर्क इन्डिया प्रालिको पनि मासिक शुल्क ६५ रुपैयाँ तोकिएको छ । इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन प्रालि र जी इन्टरटेनमेन्टको मासिक शुल्क पनि अधिकतम २५/२५ रुपैयाँ रहेको छ । बेन्नेट कोलमन एन्ड कम्पनी लिमिटेडको प्रतिग्राहक अधिकतम तीन रुपैयाँ तोकिएको छ ।

    डिस्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिले प्रतिग्राहक २० रुपैयाँ, बीबीसी स्टुडियो ड्रिस्ट्रिब्युसन लिमिटेडले दुई रुपैयाँ र होम बक्स अफिस (सिंगापुर) प्रतिग्राहक प्रतिमहिना १५ रुपैयाँ लिन पाउनेछ ।

    आलाकार्ट लागु भएसँगै अब, न्यूनतम सेवा शुल्क २५० रुपैयाँ र थप बुकेहरूको अधिकतम २५० गरी सेवा प्रदायक कम्पनीले उपभोक्ताबाट मासिक ५०० रुपैयाँभन्दा बढी लिन पाउने छैन ।

    alakart.jpg

    प्रकाशित मिति :भाद्र ८ २०८० शुक्रवार - १४:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij