२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै समूहका सबै कैदीबन्दी रिहा हुने भएका छन् ।
वालुवाटारमा भएको सरकार र विप्लव समूहबीच तेस्रो वार्तामा तीनबुँदे सहमति भएसँगै विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने भएको हो। जघन्य अपराधमा जोडिएकालाई समेत रिहा गर्ने भए संगै दण्डहीनता बढ्ने भएको छ। हुन त ओली सरकारले जेल भित्रै हत्या गरिएका व्यक्तिका अपराधीलाई पनि आम माफी दिएर निर्लज्जता देखाई सकेको छ।
सरकारले २०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूह राजनीतिक नभई उसका गतिविधि आपराधिक भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।
त्यसयता सरकारले सो समूहका नेता कार्यकर्तालाई छानी छानी पक्राउ गर्न थालेको थियो। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भन्दै धमाधम कार्यकर्ता पक्राउ गरेको थियो।
प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १२६ जना नेता–कार्यकर्ता जेलमा छन्। यही फागुन १७ गतेसम्म सो समूहका २ हजार ९८ जना पक्राउ परेका छन्। जसमध्ये १ हजार ८६४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १२६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ। एक जनाको मुद्दा दर्ताको क्रममा छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij