Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको साधारण सभा १३ गते

नेपाल टेलिकमको साधारण सभा १३ गते


  • 12.1K
    Shares

    नेपाल टेलिकमको साधारण सभा १३ गते

    काठमाडौं । फागुन १९ गते लाभांश प्रस्ताव सार्वजनिक गरेको नेपाल दुरसञ्चार कम्पनीले चैत १३ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

    त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । 

    साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - ११:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij