Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो : भोलि प्रधानमन्त्री ओली र महासचिव ‘विप्लव’ले संयुक्त सम्बोधन गर्ने

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो : भोलि प्रधानमन्त्री ओली र महासचिव ‘विप्लव’ले संयुक्त सम्बोधन गर्ने


  • 7.4K
    Shares

    ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो : भोलि प्रधानमन्त्री ओली र महासचिव ‘विप्लव’ले संयुक्त सम्बोधन गर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भोलि शुक्रवार सार्वजनिक हुने भएका छन् ।शुक्रवार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा विप्लव सार्वजनिक हुने भएका हुन् ।

    सरकार र विप्लव नेकपाबीच बिहीवार भएको वार्तामा ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने भएका हुन् । विप्लव सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच ३ बुँदे सहमति भएसँगै भोलि शुक्रवार सामूहिक समारोह हुने भएको छ । दुवै पक्षबीच भएको सहमतिपछि बिहीवार सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोली प्रमुख प्रवक्ता प्रकाण्डले संयुक्त प्रेस नोट जारी गरेका छन् । 

    ooo.jpg

    प्रेस नोटमा विप्लव शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले मुद्दा फिर्ता लिने बुँदा उल्लेख छन् । बालुवाटारमा बिहीवार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

    3-bude-sahamati-0432021061003-1000x0.jpg

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - ११:१६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij