Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ललिता निवास प्रकरण

ललिता निवास प्रकरणः नेता नेपाल र भट्टराई सुरक्षित, १८ अर्बभन्दा बढी बिगो कायम

ललिता निवास प्रकरणः नेता नेपाल र भट्टराई सुरक्षित, १८ अर्बभन्दा बढी बिगो कायम


  • 2.2K
    Shares

    ललिता निवास प्रकरणः नेता नेपाल र भट्टराई सुरक्षित, १८ अर्बभन्दा बढी बिगो कायम

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १८ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले उक्त बिगो रकम कायम गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्वन्धी मुद्दामा फितलो अनुसन्धान गरी मुद्दा लगाएपछि सीआईबीले संगठित अपराधमा पुनः अनुसन्धान सुरु गरेको यस प्रकरणमा घोटाला गर्नेहरुविरुद्ध १८ अर्ब रुपियाँबढी बिगो कायम गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

    मंगलबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पत्तिबाट पनि बिगो भराउन मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको समाचार छ ।

    यस प्रकरणसँग जोडिएका र मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई कारवाहीको सिफारिस नगरी सीआईबीले बुझाएको प्रतिवेदनमा मृत्यु भईसकेका २१ जनाबाट पनि बिगो भराउन मागदावी लिनुपर्ने राय दिएको छ । 

    सीआईबीले यो प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय शाहसहितलाई प्रतिवादी बनाएको छ । पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगुलगायत पनि यसमा प्रतिवादी छन् ।

    यस प्रकरणमा संलग्नमध्येका पूर्वमुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । अर्का मुख्यसचिव लीलामणि पौडेल तथा केही पूर्वसचिवहरुलाई भने सीआईबीले चोख्याउन खोजेको देखिन्छ । 

    ललिता निवासको सरकारी जग्गा खरीद गरेकामध्ये ४८ जनाले जग्गा फिर्ता गर्न तयार रहेको भन्दै आफूहरुविरुद्द मुद्दा नचलाउन निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ ।

    जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको जनाइएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । 

    राष्ट्रियकरण भइसकेको र मुआब्जा पाइसकेको आफ्नो पूरानो जग्गामा लोभ लागेपछि कांग्रेसका नेता सुवर्णशम्शेर राणाका सन्तानहरुले भूमाफियालाई चलखेल सुरु गर्न भूमिका निर्वाह गरेपछि यो प्रकरण हुन पुगेको हो ।  

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - ०८:४८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij