Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सशस्त्र प्रहरीका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा, को-को परे ? (सूचीसहित)

सशस्त्र प्रहरीका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा, को-को परे ? (सूचीसहित)


  • 2.8K
    Shares

    सशस्त्र प्रहरीका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा, को-को परे ? (सूचीसहित)

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ८४ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ।

    २०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डिएसपिमा  बढुवा भईसकेको छन्। बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन्। 

    यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन्। 
        
    डीएसपी भएका  दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ। 

    सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोश्रो लटमा डीएसपी भएका थिए। सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए। 

    प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाले देखि नै बृत्ति विकासमा ध्यान दिदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपी देखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना  कर्मचारीको एकैपटक बढुवा भएको छ।

    यस पटक ओएण्डएम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो। महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो। 

    संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो। सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्ति विकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओएण्डएम) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए। 

    यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ। हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १७:१५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij