Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

विद्यालय हिँडेका बालबालिका तुईनमा अड्किएपछि ….

विद्यालय हिँडेका बालबालिका तुईनमा अड्किएपछि ….


  • 2.9K
    Shares

    विद्यालय हिँडेका बालबालिका तुईनमा अड्किएपछि ….
    images

    पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा दुई जना वयस्कसहित छ जना बालबालिका तुईनमा अड्किएका छन्।

    विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुईन अड्किएपछि उद्धारको प्रतीक्षामा छन्। आज बिहान सात बजे चलिरहेको तुईन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन ।

    हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् ।

    स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ। यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ। एजेन्सी 

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १५:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij