Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल हुने


  • 5.6K
    Shares

    कांग्रेस पदाधिकारी बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल हुने

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार अपराह्न ३ बजे बस्दैछ । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेश र पार्टीको भावी रणनीतिबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका हुन् ।

    यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ ।

    पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ ।

    संसद पुनर्स्थापना भएसँगै सत्ता समिकरणका लागि राजनीतिक प्रयासहरु भइरहेका बेला कांग्रेसमा भावी रणनीतिलाई लिएर विवाद छ ।

    नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १०:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij