२०८२ भाद्र ३ गते मंगलवार
रामेछाप । रामेछापमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।
विगत ३ वर्षदेखि रामेछाप कारागारमा जबरजस्तीकरणी मुद्दामा जन्म कैद सजाय भोगिरहेका श्रेष्ठ सोमबार साँझ बाथरुममा लडेर घाइते भएका थिए।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार श्रेष्ठले प्यारालाईसिस र प्रेसरको औषधि नियमित रुपमा सेवन सेवा गर्दै आएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij