Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एकै परिवारका तीन जनामाथि चक्कु प्रहार 

एकै परिवारका तीन जनामाथि चक्कु प्रहार 


  • 3.7K
    Shares

    एकै परिवारका तीन जनामाथि चक्कु प्रहार 

    कैलाली । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

    गए राति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार गरिएको बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

    कलम बिक काठमाडौँमा छन् । उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।

    घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङका डिएसपी भण्डारीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - ०९:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij