Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सल्यानमा माइक्रो बस दुर्घटना हुदाँ १२ जना घाइते

सल्यानमा माइक्रो बस दुर्घटना हुदाँ १२ जना घाइते


  • 2.2K
    Shares

    सल्यानमा माइक्रो बस दुर्घटना हुदाँ १२ जना घाइते

    सल्यान । रुकुमबाट नेपालगन्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रुवाहक माइक्रो बस राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ आगरखोलास्थित दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    घाइते हुनेमा केही बालबालिका पनि रहेको स्थानीय प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।

    दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यात्रुवाहक हायस माइक्रो सडकदेखि २ सय ५० मिटर तल खसेको थियो। 
    दुर्घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

     

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १६:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij