२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सत्तारुढ नेकपामा चर्किएको विवादले नेताहरूको सम्बन्ध कुन तहसम्म पुगेको रहेछ भन्ने बुधवार खोप लगाउँदा जम्काभेट भएका नेताहरूको व्यवहारबाट देखियो। सरकारले संसद् अधिवेशन बोलाएसँगै सांसदहरूलाई खोप लगाउन निजामती अस्पतालमा खोप केन्द्र तोकिएको थियो।
खोप लगाउन जाँदा नेकपाका दाहाल–नेपाल समूह र ओली समूहका नेताहरूबिच जम्काभेट भएको थियो। केही नेताहरूबिच त कुराकानी समेत भएन। केहीले भने औपचारिकता मात्र निभाए।
बुधवार खोप केन्द्रमा यसै गरी जम्काभेट भयो नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व पर्यटन मन्त्री तथा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईबिच।
खोप लगाएपछि त्यसबाट केही असर पर्छ कि भनेर आधा घण्टा खोप केन्द्रमै बस्नुपर्ने नियम छ। खोप लगाएर कुर्दा यी दुवै नेता सँगसँगै कुर्सीमा परे। तर उनीहरूबिच नेकपा विभाजन अगाडिझैँ हार्दिकतापूर्ण सम्बन्ध देखिएन।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै दुवैले नेताले खोप राम्रो रहेको भन्दै सबैलाई लगाउन आग्रह गरे। तर दुबैबिच सामान्य औपचारिकताभन्दा बढी कुराकानी भएन। ‘सँगै बस्दा के कुरा भयो भन्ने प्रश्नमा भट्टराईले भने, ‘औपचारिकता मात्रै भयो।’
उनले के छ, कसो छ भन्ने कुरा मात्र भएको बताए। पोखरेललाई भट्टराईले हालखबर सोधे। पोखरेलले औपचारिकता पुरा गरेको उकेराले उल्लेख गरेको छ।
भट्टराईसँग कुरा गर्नुको साटो पोखरेल खोप कार्ड हेरेर बसेका थिए। आधा घण्टा जोडिएको कुर्सीमा सँगै बस्दा पनि उनीहरूबिच सामान्य कुराकानी पनि हुन सकेन। भट्टराईलाई प्रधानमन्त्री ओलीले बैगुनी केटो भनेर केही समय अगाडी उछितो काढेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij