Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गोरखाका ११ वटै स्थानीय तहमा आजदेखी जग्गाको कित्ताकाट खुल्यो

गोरखाका ११ वटै स्थानीय तहमा आजदेखी जग्गाको कित्ताकाट खुल्यो


  • 2.2K
    Shares

    गोरखाका ११ वटै स्थानीय तहमा आजदेखी जग्गाको कित्ताकाट खुल्यो

    गोरखा । गोरखाका ११ वटै स्थानीय तहमा आजदेखी जग्गाको कित्ताकाट खुल्ला गरिएको छ ।

    नेपाल सरकारले साउन ३१ गते देखी देशैभर जग्गाको कित्ताकाट खुल्ला गरेको भएता पनि गोरखामा भने आजदेखी मात्र खुल्ला गरिएको छ । मन्त्रिपरिषद्ले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णपुरमा जग्गा कित्ताकाट खुलेको हो ।

    मालपोत कार्यालय, गोरखाले एक सूचना जारी गर्दै गोरखाका ११ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुल्ला भएको जनाएको हो।

    जारी सूचनामा मिति ‘०८०/०४/३२ मा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम नेपाल सरकार भू–उपयोग नियमावली २०७९ लाई संशोधन गरी भू–उपयोग पहिलो संशोधन नियमावली २०८० जारी गरी निश्चित सिमा भित्र जग्गाको खण्डीकरण कित्ताकाट खुल्ला गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    कार्यालय प्रमुख शिव शर्मा पौडेलले जारी गरेको उक्त सूचना बमोजिम आजदेखी गोरखा जिल्लाका ११ वटै स्थानीय तहमा रोकिएको कित्ताकाट खुल्ला भएको छ ।

    आवासीय र व्यापारिक जग्गा ८० वर्ग फिटसम्म कित्ताकाट गर्न पाइने, खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो । 

    सरकारले वर्गीकरण गरेर छुटाएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरूको मापदण्ड पनि कायम गर्ने गरी नियमावली आएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १३:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij