Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

प्रचण्ड-माधव सहितका सबै नेताले आजै कोरोना खोप लगाउँदा ओली चाँही किन गएनन् ?

प्रचण्ड-माधव सहितका सबै नेताले आजै कोरोना खोप लगाउँदा ओली चाँही किन गएनन् ?


  • 6.1K
    Shares

    प्रचण्ड-माधव सहितका सबै नेताले आजै कोरोना खोप लगाउँदा ओली चाँही किन गएनन् ?
    images

    काठमाडौं । बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् ।

    सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

    संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारसहित १५०० लाई खोप लगाउने व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म खोप नलगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । खोप लगाउने प्रधानमन्त्रीको योजना रहेको तर, कहिले लगाउने निश्चित नभैसकेको उनले जनाए ।

    ‘प्रधानमन्त्रीले पनि खोप लगाउनुभएको छैन । उहाँको टीम हामी कसैले पनि लगाएका छैनौं । फ्रन्टलाइनरले लगाउन भन्ने हाम्रो चाहना हो’ थापाले भने । दुईपटक मृर्गौला प्रत्यारोपण गरेका ७० वर्षे प्रधानमन्त्री ओली पनि कोरोनाभाइरसको जोखिम समूहमा पर्छन् ।

    सरकारले दीर्घरोग भएका व्यक्तिलाई खोप कार्यक्रममा प्राथमिकतामा राखेको छ । स्वास्थ्य मन्त्रालयले मुटु, मस्तिष्क, फोक्सो, मृगौला र क्यान्सर भएका दीर्घरोगीलाई खोप दिन मिल्ने बताएको छ । प्रधानमन्त्रीलाई समेत खोप लगाउँदा कुनै खतरा नहुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

    156262459_440255767227573_6503968513636042732_n.jpg

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १६:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij