Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

रसुवाबाट २ किलो सुन बरामद, २ जना पक्राउ

रसुवाबाट २ किलो सुन बरामद, २ जना पक्राउ


  • 2.1K
    Shares

    रसुवाबाट २ किलो सुन बरामद, २ जना पक्राउ

    काठमाडौँ । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका ३० वर्षीय खुर्साङ्बु शेर्पा पक्राउ छन्।

    मोटरसाइकल चढेर टिमुरेबाट कठमाडौँतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले बताए । स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो ।

    सुदिप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए ।

    सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ । 

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १४:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij