Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

प्रचण्ड-माधवले राजीनामा मागेर हत्तु बनाएपछि ओली रन्किएर किन पुगे सैनिक मुख्यालय ?

प्रचण्ड-माधवले राजीनामा मागेर हत्तु बनाएपछि ओली रन्किएर किन पुगे सैनिक मुख्यालय ?


  • 9.7K
    Shares

    प्रचण्ड-माधवले राजीनामा मागेर हत्तु बनाएपछि ओली रन्किएर किन पुगे सैनिक मुख्यालय ?
    images

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेता बाट हटाउदै उनी निकटका अन्य ६ नेतालाई छ महिना निलम्बन गर्ने निर्णय भएकै दिन ओली जंगी अड्डा पुगेका छन् ।

    नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकलाई प्रधानमन्त्री तथा रक्षामन्त्रीको हैसियतमा सम्बोधन गर्न ओली त्यहा पुगेका हुन् । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले त्यसको निन्दा गर्दै तत्काल संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो ।

    नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

    महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ। सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १६:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij